नेभिगेशन
सुरक्षा–अपराध

बुटवलमा डिभोर्स गरेर अन्तै बिहे गरेकी पूर्वपत्नीसहित तीन जनाको हत्या, हेम्बर र चक्कुको प्रयोग

काठमाडौं– बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा डिभोर्स गरी अर्कैसँग बिहे गरेकी पूर्वपत्नीसहित तीन जनाको सामूहिक हत्या प्रकरणमा सुजन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल, उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो।

सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्वपति कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ।

उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ।

मृतक दीपाका पूर्वपति कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध