नेभिगेशन
समाज विविध

बालेनले बजेट ल्याए, प्रमुख प्रशासकीय अधिकृत गुरागाँईको छटपटी बढेछ

काठमाडौँ- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १५ गतेभित्र ल्याउनुपर्नेमा काठमाडौँ महानगरपालिकाले दुई साता ढिलो गरी ल्याएको छ ।

आइतबार मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपमेयर सुनिता डङ्गोलले बजेट प्रस्तुत गरिन् । भ्रस्टाचारको आरोप लागेका प्रशासकीय अधिकृत सरोज गुरागाई हुँदा कार्यक्रममा संगै बस्नै नचाहने बालेन काठमाडौँ महानगरको बजेट र महानगरको हितका लागि मात्र बाध्य भएर बसेका आजको कार्यक्रममा छर्लङ्गै देखिएको छ ।

काठमाडौँ महानगरपालिकामा मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको विवादका कारण समयमा नीति तथा कार्यक्रम र बजेट नआएको हो । आज सम्पन्न १७ औँ नगर सभामा पनि प्रस्ट देखियो । मेयर शाहले सम्बोधनका क्रममा उपमेयरलाई मात्र सम्बोधन गरे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको नामै लिएनन् ।

गुरागाईँको छटपटी प्रस्टै देखियो । उनी घरी घडी हेर्ने घरी यताउति हेर्ने गरिरहेका थिए । मेयर र उपमेयर भने घरीघरी एक अर्कातिर तन्किएर कुरा गरिरहेका देखिन्थे । मेयर निस्किएपछि मात्र उनी खुलेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध