नेभिगेशन
अर्थ विविध

५० हजार पर्यटक नेपाल भित्रिँदा एक करोडभन्दा बढी रोजगारी सृजना हुन्छ : विनोद चौधरी 

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले पर्यटनले नेपालको अर्थतन्त्रलाई 'डाइभ' गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको २२औँ वार्षिक साधारणसभामा सांसद चौधरीले हाल फूलफेजमा सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए त्यहाँबाट पर्यटक भित्र्याउन सकिने बताएका हुन् ।

“भारतमा उडान भन्ने एउटा स्किम आको छ । त्यो स्किमले साना साना सहरलाई उडानसँग कनेन्ट गरेको छ,” उनले भने, “त्यो उडानसँग नेपाली तीनवटै एयरपोर्ट कनेक्ट गर्न सकेऔँ भने र चीनका पनि त्यस्ता केही एयरपोर्ट छन्, ५० हजार पर्यटक भित्र्याउन गाह्य छैन ।”

५० हजार पर्यटक नेपाल भित्रिँदा एक करोडभन्दा बढी रोजगारी सृजना गर्ने चौधरीको भनाइ छ । विभिन्न कूटनौतिक समस्याले गर्दा एयरपोर्ट चल्न नसकेको उनले बताए । कूटनौतिक समाधान खोजेर समस्या हल गर्नुपर्ने उनको भनाइ छ । आजभन्दा ३५ वर्षपहिलेको नीतिका कारण अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याएको पनि उनले सम्झिए । 

सरकारले निजी क्षेत्रलाई लगानी भित्र्याउन सहजीकरण गरिदिएको र यता नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसी) र भारतमा इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले भूमिका खेलेको चौधरीको भनाइ छ । त्यही बेलामा युनिलिभर तथा डाबर जस्ता अन्तर्राष्ट्रिय कम्पनी नेपाल भित्रिएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्