नेभिगेशन
सुरक्षा–अपराध

अर्की टिकटकर रोशनीजी जनकपुरबाट पक्राउको कारण यस्तो छ, रमा रोकिइनन्

काठमाडौं– सामाजिक सञ्जाल टिकटकमा मनपरी बोलेपछि जनकपुरबाट रोशनीजी ह्यान्डल चलाउने रोशनी खातुनलाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरधाम उप–महानगरपालिका–२४ की करिब २० वर्षीया रोशनीले टिकटकमा निरन्तर अभद्र भाषा प्रयोग गरेको आरोप प्रहरीले लगाएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानका लागि अदालतमा म्याद थप गरिसकेको छ।

प्रहरीका अनुसार खातुनले टिकटकमा प्रयोग गरेको भाषा र व्यवहारले समाजमा नकारात्मक असर पारेको र सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा खलल गरेको छ।

खातुनविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। 

यस्तै प्रकरणमा केही समयअघि काठमाडौंमा रमा बस्नेतलाई पक्राउ गरिएको थियो।

साईबर ब्यूरोले पक्राउ गरी उनीमाथि अनुसन्धान गरेको थियो। अदालतले धरौटीमा छाडेकी बस्नेत अझ पनि रोकिएकी छैनन्। 

उनले गालीगलौजका भाषा प्रयोग नगरे पनि सरकारविरुद्ध र रास्वपाको पक्षमा निरन्तर भिडिओ बनाउन थालेकी छन्।

उनको घर भने खोटाङको हलेसीतुवाचुङ नगरपालिका–६ हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध