नेभिगेशन
सुरक्षा–अपराध

सुनसरीमा सालीलाई गोली हानी हत्या गर्ने भिनाजु आजादको पृष्ठभूमी आपराधिक

इटहरी– सुनसरीको हरिनगरा–६ की १७ बर्षिया अर्जना खातुनलाई गोली हानी हत्या गर्ने उनका भिनाजु आजाद मियाँको पृष्ठभूमी आपराधिक रहेको खुलेको छ।

राती–राती मात्र सालीहरु भएका ठाउँमा आउने आजाद भारतको अररिया जिल्लाका बासिन्दा हुन्। उनी उक्त जिल्लामा चोरीलगायतका अन्य आपराधिक गतिविधिमा संलग्न संदीग्ध रहेको जनाइएको छ।

उनीबारेको थप जानकारी बटुल्ने काम समेत भैरहेको छ।

३५ वर्षीय आजादले किन हत्या गरेका हुन् भन्ने कारण अझै खुलीसकेको छैन। प्रहरीले बयान लिने काम जारी राखेको छ।

घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए। 

आइतबार पनि पनि राति आएर उनले सालीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ।  

१७ वर्षीया अर्जना खातुनलाई पछाडिबाट गोली हान्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आजादलाई भारतीय प्रहरीले समेत खोजी कार्य जारी राखेको थियो। उनी नेपालमा लुकीछिपी बसेका थिए।

घटनापछि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पठाइएको छ। 

हत्यामा संलग्न मियाँ फरार छन्। भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा मियाँको खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध