नेभिगेशन
सुरक्षा–अपराध

गाउँपालिका सहायक शाही आत्महत्या दुरुत्साहनमा प्रेस चौतारीका जिल्ला अध्यक्षविरुद्ध जाहेरी

काठमाडौं– नेकपा एमालेसम्बद्ध पत्रकार संगठन प्रेस चौतारी नेपाल रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेको छ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा परिवारले खत्रीविरुद्ध जाहेरी दिएका हुन्।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेपछि खत्री फरार छन्।

रुकुम पूर्व सिस्ने गाउँपालिका–६ खोपिचार घर भएकी २५ वर्षीया शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन्। खत्रीले पटक–पटक फोन गरेर शाहीलाई मानसिक तनाव दिने गरेको परिवारको दाबी छ।

मृतकको अन्त्येष्टि गरिसकिएको छ पोष्टमार्टम रिपोर्ट भने आएको छैन। उनी कसैको सम्पर्कमा आएका छैनन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध