नेभिगेशन
खेलकुद

जनकपुर बोल्ट्सले टस जित्यो, बिराटनगर किङ्सविरुद्ध बलिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले टस जितेर बलिङ गर्ने भएको छ । शनिबार टस हारेको विराटनगर किंग्सले सुरुमा ब्याटिङ गर्नेछ । 

यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता भएको थियो। त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो । 

उद्घाटन सत्रअघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए । 

८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले विजेताले १ करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने जनाएको छ । त्यस्तै, तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद