नेभिगेशन
राजनीति

लेखकको राजीनामा आउँदा उपसभामुखविरुद्ध सदन चर्काउने सत्ता पक्षको तयारी, विपक्षीलाई लेनामाथि देना

काठमाडौं– गृहमन्त्री रमेश लेखकको राजीनामा गराउन बाध्य पारिएको खण्डमा सत्ता पक्षले उपसभामुख इन्दिरा रानालाई पनि सोही नियतीको शिकार बनाउने तयारी गरेको छ।

उच्च स्रोतका अनुसार कांग्रेसले लेखकको गृहमन्त्री पद गुमाउँदाको लेना रानाको राजीनामालाई बाध्य पार्ने तयारी गरेको हो। यसै विषयमा बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चर्चा चल्ने बताइन्छ।

भिजिट भिसा प्रकरणमा भ्रष्टाचार गरेको, दैनिक ५० लाख कमिशन लिएको चर्चा चलेपछि मंगलबारबाट खुलेको प्रतिनिधि सभामा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलले सदन अबरोध गरेका छन्। 

‘यदि गृहमन्त्रीको राजीनामा नै सदन खुल्ने शर्त हुने हो भने त्यसमा पुग्न सकिन्छ। तर, मानव तस्करीको अभियोग लागेको उपसभामुख इन्दिरा रानाले पनि राजीनामा गर्नुपर्ने स्थितिमा हामी पुग्नेछौं’, उच्च स्रोतले भन्यो,‘त्यसो हुँदा नैतिकताको कसी सबैमाथि हुनेछ।’

रानाको यसअघि नै राजीनामा माग गरिएको थियो। तर परिस्थिति बस उनले राजीनामा दिनु परेको छैन। आफ्नो लेटरहेडमा सिफारिस गरी मानिसलाई अमेरिकासम्म लैजाने तयारी भएको सन्दर्भको विवाद यसअघि नै उठेको थियो।

यसअघि नै सत्ता गठबन्धनले यो मुद्दा उठाएर उपसभामुख कांग्रेसलाई दिने तयारी समेत गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति