नेभिगेशन
खेलकुद

स्कटल्याण्डले गुमायो पहिलो विकेट, रिजनको बलमा मुन्जी आउट

काठमाडौं– स्कटल्याण्डले पहिलो विकेट गुमाएको छ । अहिले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गरिरहेको छ ।

स्कटल्याण्डको डुन्डीस्थित फोर्टहिल मैदानमा जारी खेलको २ ओभर १ बलमा स्कटल्याण्डका जर्ज मुन्जी आउट भए । नेपालका रिजन ढकालको बलमा सोमपाल कामीबाट क्याच आउट भएका हुन् ।

आउट हुनुअघि उनले १२ बलमा २ चौकाको मद्दतमा ८ रन बनाए ।

आज नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र रिजन ढकाल छन् ।

स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले घरेलु टोलीसहित नेदरल्याण्ड्ससँग एक दिवसीय म्याचहरु खेल्नेछ । लिग २ मा नेपाल पुछारमा छ । नेपालले १२ खेलबाट ६ अंक जोडेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद