नेभिगेशन
राजनीति

एमाले सचिव भट्ट र विष्टको नेतृत्वमा सडकमा हतियारसहित किन लगाइयो जुलुस?

काठमाडौं– नेकपा एमालेका सचिव लेखराज भट्ट र गोकर्ण विष्टको नेतृत्वमा सडकमा हतियारसहितको जुलुस उतारिएको छ।

गणतन्त्र उत्सवका नाममा एमालेले गरेको जुलुसमा तरबार, ढालसहितका घरेलु हतियार प्रदर्शन गरिएको थियो तर प्रहरीले त्यसलाई नियन्त्रणमा लिने या नियमन सम्झाउने काम गरेन। 

सार्वजनिक जुलुस र भिडमा धारिलो तथा घरेलु हतियार प्रदर्शन कानुनी प्रतिबन्ध रहेको छ।

पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाँकीसहितको ¥याली निकालिएको थियो।

राजतन्त्रको विरोधमा एमाले कार्यकर्ताले प्रतिकात्मक रुपमा ढाल र तरबारसहित नारा लगाएका हुन्। त्यस्तै, जुलुसमा झ्याली, दमाह, ढोलकलगायतका रैथाने बजाको लयमा झाँकी नाच पनि प्रदर्शन गरिएको थियो। 

जुलुसको अग्रपंक्तिमा लेखराज भट्ट, गोकर्ण विष्ट, सूर्य थापालगायतका नेताहरु देखिएका छन्। भृकुटीमण्डपबाट बृहत् ¥याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने जनाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति