नेभिगेशन
खेलकुद

ओडिआई क्रिकेटबाट म्याक्सवेलले लिए सन्यास

काठमाडौं- अस्ट्रेलियाका अलराउण्डर क्रिकेटर ग्लेन म्याक्सवेलले ओडिआई क्रिकेटबाट सन्यास लिएका छन् ।

म्याक्सवेलले सोमबार एक पोस्टकाडमा अन्तरवार्ताका क्रममा ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ओडिआई क्रिकेटबाट सन्यास लिएपनि टि ट्वान्टी फर्म्याटका लागि भने उपलब्ध रहेको जानकारी गराएका छन् ।

म्याक्सवेलले टेस्ट क्रिकेटबाट आधिकारीक रुपमा सन्यास लिएका छैनन् । सन्यास नलिए पनि म्याक्सवेल टेस्ट टिममा २०१७ देखि छनोट हुन सकेका छैनन् । म्याक्सवेलले १ सय ४९ ओडिआई क्रिकेटमा ३ हजार ९ सय ९० रन र ७७ विकेट लिएका छन् ।

यस बीचमा सन् २०१५ तथा २०२३ को ओडिआई विश्वकप अस्ट्रेलियाले जित्दा म्याक्सवेल टोलीको महत्वपुर्ण सदस्य रहेका थिए । म्याक्सवेलले अस्ट्रेलियाका लागि ओडिआई क्रिकेटमा सबैभन्दा कम बलमा शतक पूरा गर्ने कीर्तिमान समेत बनाएका छन् । उनले सन् २०२३ को ओडिआई विश्वकपमा दिल्लीमा नेदरल्याण्ड्स विरुद्ध ४० बलमा शतक पूरा गरेका थिए ।

म्याक्सवेल हाल आईपीएलको समयमा औंला भाचिएर अहिले आराममा रहेका छन् । उनी १० दिन पछि संयुक्त राज्य अमेरिकामा सुरु हुने मेजर लिग क्रिकेट(एमएलसि) सम्म फिट हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद