नेभिगेशन
सुरक्षा–अपराध

भिजिट भिसा प्रकरण अनुसन्धान गरिरहेका अख्तियारका डीआईजी सरुवा, रानीपोखरी खटाइयो

काठमाडौं– विवादीत भिजिट भिसा भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी प्रमुख नायव महानिरिक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा गरिएको छ।

गृह मन्त्रालयले उनको सरुवा गरेको हो। 

उनको ठाउँमा बढुवा गरिएका डीआईजी ओमकुमार रानालाई पठाइएको छ। श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटाइएको हो। 

गएको चैतदेखि नै रानीपोखरी कार्यालयमा डीआईजी रिक्त रहेको छ। अख्तियारमा हालै बढुवा भएका डीआईजी ओमबहादुर रानालाई खटाउने निर्णय भएको छ। गृहमन्त्री रमेश लेखकले ११ जना डीआईजी बढुवाको निर्णय गरेका हुन्। 

बढुवाको निर्णयसँगै उनीहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदान गरिएको छ। उनीहरूले नयाँ जिम्मेवारी पनि पाएका छन्।
saruwa-1748601819.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध