नेभिगेशन
खेलकुद

स्कटल्याण्डले नेपाललाई दियो २ सय ९७ रनको विशाल लक्ष्य

काठमाडौं– स्कटल्याण्डले नेपाललाई २ सय ९७ रनको विशाल लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले २ सय ९७ रनको लक्ष्य पाएको हो ।

स्कटल्याण्डको डुण्डीस्थित फोर्टहिल मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।


स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद