नेभिगेशन
सुरक्षा–अपराध

बुटवलमा दुई सन्तानसहित पूर्वपतिद्वारा युवती हत्या प्रकरणको अनौठो पाटो र प्रश्न

काठमाडौं– बिहे गरेको चार महिनामा नै जेल परेपछि टुटेको थियो नाता, दीपा किन दुई सन्तान च्यापेर पुगिन् सुजन कोइराला कहाँ?

यहि प्रश्नले अनौठो पाटो लिएको छ बुटवलमा बुधबार बिहान भएको एक युवतीसहित दुई लालाबाला हत्या प्रकरण।

पाल्पाको तानसेनमा स्वास्थ्यकर्मीको रूपमा कार्यरत पूर्वीनवलपरासीको कावासोती घर भएकी सुजनकी पूर्वपत्नी ३३ वर्षीषा दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीलाई सुजनले धारिलो हतियार प्रयोगगरी बीभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

बुटवलको मिलीजुली टोलमा भएको यो हत्या प्रकरणको अनुसन्धान प्रहरीले जारी राखेको छ। सुजन कोइरालालाई पक्राउ गरी बयान लिने काम सुरु भएको छ।

दाजुको हत्या गरी जेल परेका उनी राम्रो आचरण देखाएका कारण गत बर्ष आममाफीमार्फत रिहा भएका थिए।

उनले दाजुको हत्या गर्दा दीपा बस्यालसँग बिहे भएको चार महिना भएको थियो र उनीतर्फका सन्तान पनि थिएनन्। अनि, दीपाले शंकर ढकालसँग बिहे गरेकी थिइन्। सुजन जेलमा हुँदा डिभोर्स भएको थियो।

सुजन र दीपाको १० वर्षअघि प्रेम विवाह भएको हो। विवाह गरेको ४ महिनामै सुजन आफ्नै सहोदर दाइ सुधीरको हत्यागरी जेल चलान भएपछि दीपा टाढिएकी थिइन्। दीपाले सुजनसँग सम्बन्धविच्छेद नै गरेर कावासोतीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन्। 

हत्या गरिएका दुई छोरी हाल यूएईमा कार्यरत तिनै ढकाल र दीपाका हुन्। 

डिभोर्स गरेर अर्कैसँग बिहेसमेत गरिसकेकी दीपा फेरि किन सुजनको घर गइन् भन्ने खुलेको छैन। उनीहरू फेरि कसरी नजिकिए र सुजनले दीपालाई कसरी आफ्नो घरमा बोलाए भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।

‘पति विदेशमा भएका कारण पुरानो सम्बन्धको सल्लाह गर्न पुगेको हुनुपर्छ। लेनदेनको विषय पनि हुन सक्छ’, प्रहरीले अनेक कोणबाट अनुसन्धान थालेको सुनाउँदै स्रोतले भन्यो,‘यस विषयमा गहिरो अनुसन्धान जारी छ।’

दीपा दुई छोरी लिएर मंगलबार बेलुका सुजनको घरमा आएको खुलेको छ। दीपा मस्त निदाइरहेका बेला सुजनले धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ। 

सुजन र दीपा सम्पर्क हुने माध्यमसमेत खुलेको छैन। तर, केही समय अघिदेखि बेलाबेला एक जना महिला मास्क लगाएर सुजनको घरमा आउने गरेको छिमेकीहरूले बताएका विवरण पनि सतहमा आएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध