कटुवा पेस्तोलसहित दुई जना पक्राउ

बिहीबार, मंसिर १५, २०७९

सिरहा— सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

सिरहाको गोलबजार नगरपालिका—११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्रबोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका—४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

इलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरूलाई कटुवा पेस्तोल पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा थप  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार