नेभिगेशन
सुरक्षा–अपराध

उता इजरायलमा दुख गर्दा यता अर्कैसँग बिहे गरेकी पूर्वपत्नीको बरालले हत्या गरेछन्!

काठमाडौं– इजरायलबाट फर्किएका ३२ बर्षिय लिलबहादुर बरालले अर्कैसँग बिहे गरेकी पूर्वपत्नी रुक्मपणी बरालको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्यूठान सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणीलाई पूर्वपति ३२ वर्षीय लिलबहादुर बरालले मंगलबार हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो।

हत्या अभियुक्त बराललाई पक्राउ गरिएको छ। डिभोर्स दिन या घर फर्किन दुवै प्रकारका प्रस्ताव समेत नमानेपछि रुक्मणीको हत्या गरेको बरालले प्रारम्भिक बयान दिएका छन्।

लिलबहादुरको घर प्यूठानकै ऐरावती गाउँपालिका–२ कात्तिके हो। रुक्मिणीका बराल तर्फका ८ वर्षका छोरा र ६ वर्षकी छोरी छन्। पति वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेको बेला गएको वैशाखमा उनले सरुमारानी गाउँपालिका–३ गोठेरीका दिपक परियारसँग भागेर बिहे गरेको पत्तो लागेको छ।

एक हप्ताअघि मात्र बराल स्वदेश फर्किएका थिए। ‘यसअघि जेजस्तो भए पनि म बिर्सिन्छु। तँ घरमा आइनस् भने ससाना छोराछोरीको विजोग हुन्छ भनेर बोलाउँदा पनि आउन नमानेपछि हत्या गरेको हुँ,’ प्रहरीसँगको बयानमा बरालले भनेका छन्। 

हत्याअघि लीलबहादुरले रुक्मिणीलाई फोन गरी बाहिर बोलाएका थिए। तर, उनी बाहिर निस्कन नमानेपछि घरभित्रै गएर उनले चक्कु प्रहार गरी हत्या गरेका प्रत्यक्षदर्शी डिला परियारले बताएकी छन्।

१० वर्षअघि रुक्मिणी र बरालको मागी बिहे भएको थियो। उनी डेढ वर्षअघि मात्रै इजरायल गएका थिए। अब उनका दुई छोराछोरीको बिजोग हुने अवस्था आएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध