नेभिगेशन
सुरक्षा–अपराध

किर्ते गरी पैसा कमाउने चक्करमा लागेका थिए खड्का, सीआईबीले झ्याप्पै समात्यो

काठमाडौं– विभिन्न बैंक, सरकारी कार्यालगायतका कागजात किर्ते गरी काम बनाइदिने बाहना गर्ने सफराज खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।

सीआईबीका अनुसार असार ३१  गते उनलाई काठमाडौं–३ महाराजगञ्ज नजिकबाट पक्राउ गरिएको हो।

काठमाडौं–१० बस्ने ५२ बर्षिय खड्काले बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्र जाली बनाउने गरेको सूचनाका आधारमा खोजी गरिएको थियो। 

उनी बस्ने कोठाबाट कामका लागि प्रयोग गरिने उपकरण समेत सीआईबीले जफत गरेको छ।

त्रिभुवन विश्वविद्यालय, सीटीईभीटी, उच्च माध्यमिक शिक्षा बोर्डको होलोग्राम, सरकारी कार्यालय, जिल्ला अदालत, बैंक र बित्तिय संस्थाको रबर स्ट्याम्प र प्रमाणपत्र बनाउँथे। 

उनको कोठाबाट प्रिन्टर दुई वटा, सीपीयु एक, क्यानर एक, रबर स्टाम्प बनाउने मेसिन र मोबाइल जफत गरिएको सीआईबीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध