नेभिगेशन
राजनीति

एमालेको निर्णयलाई विद्याको चुनौती- राजनीतिमा लाग्न संविधानले रोकेको छैन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा लाग्न संविधानले नरोक्ने बताएकी छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा भण्डारीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताइन् ।

सम्बोधनका क्रममा उनले आमसञ्चार माध्यम पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट आफ्नाो भावि राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको बताइन् । ‘विगत एक वर्षदेखि त व्यापक रुपमै मेरा बारेमा सञ्चारमाध्यमले सरोकार राखेको सबैलाई अवगतै छ,’ उनले भनिन्, ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषय साथै अन्तराष्ट्रिय राजनीति परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन मनन गर्दैं आएको छु ।’

भण्डारीले आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने / नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराएको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति