नेभिगेशन
सुरक्षा–अपराध

तीन वटा बिहे गरेकी सुनन्दाको रहस्यमय मृत्युको कथा, जसले हाइप्रोफाइल दुनियाँ हल्लाएको थियो

गोवाको एउटा पार्टीमा साथीहरुसँग सुनन्दाले ३१ डिसेम्बर २०१३ मा भनेकी थिइन्- अब मसँग दुई बर्ष मात्र समय छ!

काठमाडौं– कतिपय मृत्यु यस्ता रहस्यमयी हुन्छन् कि यसको खास कारण पत्ता लगाउन कठिन हुन्छ। यस्तै एउटा हाइप्रोफाइल मृत्यु प्रकरणले दुनियाँ हल्लाएको थियो। 

साधारण परिवारबाट हुर्किएकी, संघर्ष गरेकी र व्यापारिक पृष्ठभूमी बनाउन सफल सुनन्दा पुष्करको मृत्यु प्रकरण हो। 

अघिल्लो दिन उनी पति शशि थरुरसँग होटलमा सुतेकी थिइन्। बिहान उनको शव फेला परेपछि दुनियाँ चकित भयो। यो मृत्युलाई अप्राकृतिक भनियो। शशि थरुर भारतीय कांग्रेसका नेता हुन् भने सुनन्दाको तेस्रो पति बन्दा उनी भारतीय विदेश राज्यमन्त्री थिए।

त्यसो भए को थियो सुनन्दाको हत्यारा? किन शशि थरुरलाई दोष लगाइयो? 

सुनन्दाको परिवारको १९९० मा भएको कस्मिरी हिंसामा घर जलेको थियो। उनीहरु जम्मुमा सरेका थिए। सुनन्दाको पहिलो पति संजय रैनासँग भेट भयो। चञ्चल स्वभाव थियो। दुवैको बिहे भयो। पछि सम्बन्ध विच्छेद भयो। १९८८ मा डिभोर्स भयो। त्यसपछि सुनन्दा दुबई गइन्। १९८९ मा दुबई पुगेर नयाँ संघर्ष थालिन्। 

त्यहिँ उनको सुजित मेननसँग भेट भयो। १९९१ मा बिहे भयो। एक बर्षपछि छोरा भए। १९९७ मा कार दुर्घटनामा सुजितको मृत्यु भयो। सुजित पहिला डिप्रेशनमा थिए। सुनन्दाले भनिन् कि सुजितलाई आर्थिक समस्या थियो। 

उनका छोरा शिव पुष्कर मेनन छोरालाई अगाडि बढाइन्। बिरामी रहेका छोरालाई उपचारका लागि क्यानडा गइन्। उपचार गराइन्। शिवलाई बलिउडमा लैजान चहान्थिन्। सोही अनुसार अनुपम खेरको स्कुलमा पनि शिवलाई भर्ना गराइन्। 

उनको दुबईमा इभेन्ट म्यानेजमेन्ट गर्ने काम थियो। ठूला हस्तीसँग उनको सम्बन्ध बन्यो। त्यसबेला बलिउडका ऐश्वर्य रायलगायतसँग उनको संगत हुन थाल्यो। राम्रो आम्दानी गर्न थालिन्।

पछि दोस्रा पति सुजितको ऋण तिरिन्। र, परिवारलाई चलाइन्। दुबईमा सम्पत्ती पनि खरिद गरिन्। 

२०१० मा आईपीएलमा श्वेट शेयर पाइन्। रेन्दबु स्पोर्टस वल्र्ड कम्पनीको डाइरेक्टर बनाइयो। 

यसपछि उनी भारतीय राजनीतिक परिवारसँग जोडिन पुगिन्। उनको दुबईमा शशि थरुरसँग भेट भएको थियो। शशि थरुर पनि सुनन्दासँग डेट गरिरहेका थिए। 

दुई जनामा मित्रतासँगै प्रेम भयो। सुनन्दासँग बिहे गर्न शशिले आफ्नी पत्नीलाई डिभोर्स गरेका थिए। डिभोर्सपछि सुनन्दा र शशि थरुरसँग बिहे भयो। अब शशिले सुनन्दालाई दुबईदेखि दिल्लीसम्म लिएर आए। 

भनिन्छ, गोवाको एउटा पार्टीमा साथीहरुसँग सुनन्दाले ३१ डिसेम्बर २०१३ मा भनेकी थिइन्,‘अब मसँग दुई बर्ष मात्र समय छ।’

यसलाई संयोग नै मान्नुपर्छ, १७ जनवरी २०१४ मा उनको मृत्यु भयो तर रहस्यमयी।

18india-suicide01-superJumbo-1753248576.jpg
कसरी भयो मृत्यु?
सुनन्दा पुष्कर भारतीय राजनीतिमा एक चर्चित नाम थियो। नयाँ दिल्लीको पाँचतारे होटल ‘द लीला’ को कोठामा उनको शव रहस्यमय अवस्थामा फेला परेको थियो। 

उनको मृत्युले भारतीय मिडिया, राजनीति र न्यायिक प्रणालीमा व्यापक बहस र संशय जन्मायो।

सुनन्दा पुष्कर र शशि थरुरको वैवाहिक सम्बन्धमा तनाव चलिरहेको थियो। मृत्यु हुनुभन्दा केही दिनअघि नै सुनन्दाले पाकिस्तानी पत्रकार मेहर तरारसँग थरुरको सम्बन्ध भएको आरोप सार्वजनिक रूपमा लगाएकी थिइन्। ट्विटरमा उनीहरूबीच खुलेआम बहस चलेको थियो। यसैबीच, सुनन्दा मानसिक तनावमा रहेको कुरा विभिन्न स्रोतले उल्लेख गरेका थिए।

शुरुमा सुनन्दाको मृत्यु आत्महत्या मानिएको थियो। तर पछि फरेन्सिक रिपोर्ट अनुसार उनको शरीरमा केही विषाक्त तत्वहरू भेटिएको उल्लेख गरिएको थियो। 

एम्स अस्पतालका डाक्टरहरूले ‘हत्या’ को सम्भावना अस्वीकार नगरेपछि दिल्ली प्रहरीले औपचारिक रूपमा हत्या अभियोगमा अनुसन्धान थालेको थियो।

प्रहरीले सन् २०१५ मा शशि थरुरविरुद्ध आईपीसी धारा ३०६ (आत्महत्या उक्साउने) र ४९८ (वैवाहिक उत्पीडन) अन्तर्गत मुद्दा दर्ता गरेको थियो। 
तर पछि ३०२ (हत्या) अन्तर्गत मुद्दा चलाउने निर्णय पनि गरियो। 

थरुरले भने सधैं आफू निर्दोष रहेको र राजनीतिक षड्यन्त्रको शिकार भएको दाबी गरे।

सुनन्दाको मृत्युको मुद्दा लामो समयसम्म अदालतमा चल्यो। दिल्ली प्रहरीले ३ हजार पृष्ठको चार्जशीट दर्ता गरे पनि प्रमाणको अभाव र विभिन्न अनुसन्धानात्मक त्रुटिका कारण यो मुद्दा बलियो बन्न सकेन। 

सन् २०२१ मा दिल्लीको अदालतले शशि थरुरलाई सबै आरोपबाट मुक्त गरिदियो। अदालतले स्पष्ट प्रमाण नपुगेको र अभियोजन पक्षको तर्क कमजोर रहेको ठहर गरेको थियो।

सुनन्दा पुष्करको मृत्यु अझै पनि जनचासोको विषय रहिरहेको छ। यो प्रकरणले भारतीय राजनीतिको अँध्यारो पाटो, मीडिया ट्रायल, र उच्च–स्तरीय अनुसन्धानको कमजोरी उजागर गरेको मानिन्छ। 

यद्यपि अदालतको फैसला आइसकेपछि कानुनी रूपमा यो मुद्दा टुङ्गिएको मानिए पनि, आम जनमानसमा यस घटनाले रहस्य र शंका अझै बाँकी राखेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध