नेभिगेशन
अर्थ विविध

चरन क्षेत्र अभावले संकटमा चौँरीपालन व्यवसाय

दोलखा– जिल्लाको माथिल्लो भेगका किसानको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ।

चरन क्षेत्रको अभाव तथा बढ्दो रोग प्रकोपले भटाभट चौँरीमर्न थालेपछि व्यवसाय नै संकटमा पर्न थालेको कालिञ्चोक गाउँपालिकाका स्थानीय चौँरी पालक किसान लालबिर थामीले बताए ।

यहाँका किसानलाई अहिले मुख्यरूपमा चौँरी लाग्ने बढ्दै गएको रोगको प्रकोप तथा चरन क्षेत्रको अभाव हुने गरेको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर–५ का स्थानीय चौँरी पालक किसान लालबिर थामीले गत वर्ष देखि व्यवसायीक चौँरी पालन सुरु गरेका छन् । लाखौँ लगानी गरेर चौँरी पालन व्यवसाय सुरु गरेका थामी भन्छन्, ‘व्यवसाय सुरु गरेको वर्ष दिन नपुग्दै लाख मूल्यका ४ वटा चौँरी मरे ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध