नेभिगेशन
राजनीति

एमालेमा ओलीले आमालाई रोकेपछि विद्याकी छोरी उषाको प्रतिक्रिया छचल्कियो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा नै आउन नसक्नेगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निरन्तरता नगर्ने र राजनीतिमा आउन नहुने केन्द्रीय समितिमा निर्णय गराएपछि उषाकिरण भण्डारीले प्रतिक्रिया दिएकी छन्।

एमाले निर्णयबारे उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी हुन्। उनले आफू अचम्मित नरहेको टिप्पणी गर्दै लेखेकी छन्,‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो खुला रुपमा बाहिर आयो।’

विद्या भण्डारी तत्काल कडा प्रतिक्रियामा आइसकेकी छैनन्। केही समयपछि बोल्ने उनको तयारी रहेको छ। 

तर छोरी उषाकिरणले पुष्पलाल श्रेष्ठको परिवार राजनीतिमा निष्कृय रहनुको प्रसंग उल्लेख गर्दै उनले जोडेकी छन्,‘विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्।’ 

उनले थप भनिन्,‘यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यसकारण यो प्रकरणलाई धन्यवाद।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति