नेभिगेशन
सुरक्षा–अपराध

नाम ढाँटेर पत्नीको मुद्दा मिलाउन पुगेका 'डार्क फाइल'का कथित अभियन्ता तिमल्सिना पक्राउ

काठमाडौं– डार्क फाइल अभियान भन्दै विभिन्न सामाजिक सञ्जालमार्फत र केही युट्युव च्यानलमा अन्तरवार्ता दिएका र अदालतको फरार अभियुक्त रहेका कथित अभियन्ता राजकुमार तमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो। उनी आफ्नी पत्नीको मुद्दा मिलाउने बाहनामा नाम ढाँटेर प्रहरी कार्यालय पुगेका थिए। 
प्रहरीले शंकाको घेरामा राखेर केरकार गरेपछि उनलाई पक्राउ गरी सोमबार काठमाडौं पठाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा तिमिल्सिनालाई सर्वोच्च अदालतले गत असोज १३ गते ६ महिनाको कैद सजायको फैसला गरेको थियो।

‘डार्क फाइल’का नाममा प्रसारण गरेको अडिओ सामग्री ‘फेक’ भएको सर्वोच्च अदालतले ठहर गरेको थियो। सर्वोच्चको ९ सदस्यीय विस्तारित पूर्ण इजलासले अदालतको अवहेलना भएको ठहर गर्दै उत्पादक तथा प्रसारकहरूलाई कैद सजाय सुनाएको थियो।

प्रयोगशाला परीक्षणबाट पनि ‘फेक’ प्रमाणित भएको अडिओ बनाउने तिमिल्सिनालाई ६ महिना कैद सजाय तोकेपछि फरार थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध