नेभिगेशन
सुरक्षा–अपराध

ठगी र विश्वासघात अभियोगमा शेयर टाइकुन दीपेन्द्र अग्रवाल प्रहरी नियन्त्रणमा, २२ करोडको घोटला

काठमाडौं–काठमाडौं– करिब २२ करोड रुपैंया घोपला गरेको अभियोगमा शेयर टाइकुन मानिने दीपेन्द्र अग्रवाललाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

शेयर कारोबारीलगायतका पीडितको जम्मा २२ करोड रकममा उनले ठगी र विश्वासघात गरेको आरोप लागेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) अपिलराज बोहोराले भने ६ करोड ४५ लाख रुपैंया ठगीको उजुरीका आधारमा पक्राउ गरिएको बताए। 

अग्रवालविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध