नेभिगेशन
मनोरञ्जन

तीजको ‘छमछमी गीत’ लिएर कोशीबाट उदाइन् सुनिता (भिडिओ)

इटहरी- इटहरीलाई आफ्नो कर्मथलो बनाएर गीत संगीतमा लागेकी गायिका सुनिता कटवालले हिन्दुनारीहरुको महानपर्व तीजलाई ध्यानमा राखेर मौलिक तीज गीत आफ्नो यूटुब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।

सुनिता कटवाल नामक आफ्नै यूटुब च्यानल मार्फत उनले लोक लयमा आधारित तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक गरेकी हुन् उक्त गीतले परम्परागत तीज संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेको छ । निसाद संगीत पाठशाला समेत सञ्चाल गर्दै आएकी उनको गीतमा बनेको म्यूजिक भिडिओ पनि उत्कृष्ट छ ।  

सो तीज गीतको शब्द/संगीत बिष्णु भट्टले तयार गरेका हुन् ।  देबेश राईले गीतलाई राम्रो एरेन्ज , मिक्सिङ÷मास्टरिङ गरेर न्याय दिएका छन् । योगेश मुकुरुङ राईले ‘सेवा रेकर्डिङ’ स्टुडियोमा गीतको रेकर्डिङ गरेका हुन् ।

गीतलाई आकर्षक भिडिओ बनाउनका लागि कोरियोग्राफी तथा निर्देशन विशाल कैनीले निर्देशनको भूमिका निर्वाह गरेका छन्। भिडिओको छायांकन महेश महराले गरेका छन् ।  

दीपा शाही र टेक बिसीको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ ।  भिडिओको उत्पादन शिरीष खड्काले गरेका हुन ।

गीतमा विशेषगरी तीजको रमाइलो माहोल, नारीहरूको दुख–सुख साटासाट गर्ने मेलोमेसो, परम्परागत नृत्य शैली र भावनात्मक पक्षलाई उजागर गर्न कोशिस गरेको गायिका कटवालले जानकारी दिइन् । उनले नयाँ तीज गीतबाट दर्शक श्रोताहरुको राम्रो पाउने आशा पनि राखेकी छन् ।

उनले आफ्नो यूटुब च्यानलमा रहेको तीज गीतलाई बिभिन्न सामाजिक सञ्जालमार्फत शेयर गरेर सहयोग गरी हौसला प्रदान गर्न आम दर्शक श्रोतामा आग्रह समेत गरेकी छन् ।

उनले टिकटक चलाउने संगीतप्रेमी भगवान रुपी दर्शकहरुलाई आ आफ्नो टिकटक एकाउन्ट मार्फत नयाँ तीज गीतको भिडिओ बनाएर प्रचार प्रसारका लागि सकेको सहयोग गर्न बिषेश अनुरोध समेत गरेकी छन् ।

केही महिना अघि गायिका कटवालले युवापुस्ताका लागि निर्कै आकर्षक डान्सिङ गीत निर्माण गरेकी थिइन् । सो गीत समेत उनको यूटुब च्यानलमा हेर्न सकिन्छ । ६ दिनअघि सार्वजनिक भएको कटवालको गीत यो समाचार तयार पर्दासम्म ३५ हजारबढी  दर्शकले मन पराईसेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन