नेभिगेशन
मनोरञ्जन

दुईटा ढुंगाका चोइटा बजाएर सोनुको गीत गाउने सडकको युवक रातारात भाइरल, भारतमा सम्भव छ

काठमाडौं– दुईवटा ढुंगाका चोइटा बजाउँदै बलिउड गायक सोनु निगमको फिल्म ‘सनम बेवफा’को ‘दिल पे चलाई छुरिया’ भन्ने गीत गाउने राजु भाट नामका राजु कलाकार रातारात भाइरल बनेका छन्।

यस्ता गतिविधि भारतमा सम्भव रहेको पाइन्छ। गायक सोनु निगमले नै उनीसँग सहकार्य गरेका छन् भने ठूलो रेकर्डिङ स्टुडीयो टी–सिरजले पनि भाटलाई भाइरल बनाउन सहयोग गरेको थियो।

उनको एउटा भिडिओ रातारात करोडौं भ्यूज भएपछि गायक निगमदेखि रेकर्डिङ स्टुडियोले पनि खोजीनीति गरेको थियो।

टी–सिरिजले अफिसियल इन्स्टाग्राम पेजमा भाट र गायक निगमको तस्बिर राख्दै चार दिनअघि मात्र भनेको थियो,‘तिमीले यसलाई गुनगुनाउँदै थियौ। अब पहिले कहिल्यै नभएको जस्तो सुन्न तयार हुनुहोस्।’

कम्पनीले सोही गीतको नयाँ भर्सन राजु भाटलाई समेत राखेर मयुजिक भिडिओमा ल्याइसकेको छ। अहिले उनै भाटको चर्चा चलेकोछ। भारतीय मिडियामा पनि उनले राम्रो कभरेज पाउन थालेका छन्।

यसअघि बलिउड अभिनेता गोविन्दा आहुजाको गीतमा नाचेर एक जना शिक्षण पेशामा आवद्ध रहेका व्यक्ति भाइरल भएका थिए। त्यसअघि ट्रेनमा माग्दै गीत गाउने एक महिलालाई पनि संगीत हिमेश रेशमियाले साथ दिएपछि हिट भएकी थिइन्। 

सात बर्षअघि ति शिक्षकलाई बीबीसीले नै ‘ भाइरल ख्याति कमाएका भारतका डान्सिङ अंकल’ शीर्षकमा समाचार प्रकाशित गरी झनै व्यापक बनाएको थियो।

सन् २०१८ मा उनले बीबीसलाई भनेका थिए कि,‘मैले कहिल्यै कल्पना पनि गर्न सकेको थिइनँ कि म मेरो नृत्य चालहरूका लागि प्रसिद्ध हुनेछु।’ 

शिक्षण पेशामा आवद्ध रहेका सञ्जीव श्रीवास्तवलाई हिट बनाए। सेलिब्रेटीहरूले सप्ताहन्तमा स्थानीय टेलिभिजनमा प्रदर्शित उनको चालहरूको प्रशंसा गर्न सामाजिक सञ्जालमा लागेका थिए। उनले गोविन्दालाई समेत भेट गरी सँगै नाचेका थिए।

हिमेश रेशमियाको आगामी फिल्म ह्याप्पी हार्डी एण्ड हिरको लागि रानु मण्डोलले “आदत“ गीत गाइन्। संगीतकारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा गीतको टिजर सेयर गरे। उनी पनि रातारात हिट भइन्। 

यसले भारतमा यस्ता व्यक्ति एकै रातमा चर्चामा आउने गरेका उदाहरण कायम गरेको देखिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन