नेभिगेशन
मनोरञ्जन

टिकटकमा लभ, दुबईमा इन्गेजमेन्टपछि आयुष–एलिजेको काठमाडौं अदालतमा भयो बिहे

काठमाडौं– सामाजिक सन्जाल टिकटकमार्फत परिचय र लभ परेपछि घनिष्ठ भएको सम्बन्धलाई आयुष सिंह र एलिजे जमालीले बिहेको रुप दिएका छन्।

जिल्ला अदालत काठमाडौंमा उनीहरुले कानुनी बिहे गरेका छन्। यसअघि उनीहरुको इन्गेजमेन्ट दुबईमा भएको थियो। 

अदालतमा बेहुला–बेहुलीको भेषमा उपस्थित भएका दम्पतीले दुबोको माला साटासाट गरेका छन्। त्यसक्रममा एलिजेले आयुषको खुट्टा ढोगेकी छन् भने आयुषले एलिजेलाई परम्परागत पोते पनि लगाइदिएका छन्।

पाकिस्तानी एलिजे दुबईमा बस्दै आएकी थिइन्। उनी केही समयअघि काठमाडौं आइन्। टिकटकमा उनी चर्चा र विवाद दुवैमा परेकी युवती हुन्।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

नाम नीति शाह, फिल्म भएनन् वाह!