नेभिगेशन
मनोरञ्जन

ज्योती मगरको व्यङ्ग्य- सिर्जनालाई विकृति भन्दै झुण्ड लाग्नेहरू आज आफैँ चिच्याउन थाले

काठमाडौं- गायिका ज्योती मगरले सामाजिक सञ्जालमार्फत दोहोरो मापदण्ड देखाउने कलाकार र संस्थामाथि कडा व्यङ्ग्य प्रहार गरेकी छन्।

लोकदोहोरी गीत "माया लुकी लुकी" माथि दोहोरी प्रतिष्ठानले उजुरी दर्ता गरेपछि सामाजिक सञ्जालमा उठेको बहससँगै गायिका मगरले विगतमा अरूको सिर्जनालाई ‘विकृति’ भन्दै झुण्ड लागेर आक्रमण गर्ने कलाकारहरू नै अहिले आफ्नै सिर्जनामा आलोचना आइपर्दा चिच्याउन थालेको आरोप लगाएकी हुन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन्,

"मलाइ पल्लारे साइलो ले... म त ढले ढले" भन्ने गित करोड क्लब मा पुग्दा केक काट्न र बधाइ दिन पुगेको दोहोरी प्रतिष्ठान ऐले लोक संचार कर्मी को काधमा बन्दुक राखेर "माया लुकि लुकि" लाई उजुरी गरेको पत्ता लाग्यो... रामजि खाड लगायत का केही कलाकार हरु हिजो अरु को सिर्जना लाई बिकृती हो भन्दै झुण्ड मा जाइलाग्ने हरु आज आफै लाई पर्दा बल्ल चिच्याउन थालेको देखियो...

मैले भन्या हो "कला,साहित्य र सिर्जना" मा नैतिक र सेल्फ सेन्सर बाहेक कुनै मापदण्ड हुदैन कसैको बाउ को बिर्ता होइन भनेर...बिकृती जन्य सिर्जना लाई युटुब र गूगल ले वार्न गर्छ बुड्डि बुङ्गा हरु को काम छैन अरु लाई आरोप प्रत्यारोप लाउने बाहेक... अब रा...तै... पर्ने त होला...

लाटो देश को गाडो तन्नेरी हरु को चटक हेरौ केडा हो...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

नाम नीति शाह, फिल्म भएनन् वाह!