नेभिगेशन
पुँजी बजार

नेप्सेमा ३४.४६अंकले बढ्यो, सबै सूचक बढे

काठमाडौँ- मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा पुगेको छ ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो ।

आज सुपर मादी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ भने राप्ति हाइड्रोको शेयर ५.८६ प्रतिशतले बढेको छ ।  त्यस्तै आज भगवती हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ४.६४ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार बुटवल पावर कम्पनी लिमिटेडको ५२ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।   

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पुँजी बजार

दोहोरो अंकले घट्यो सेयर बजार