नेभिगेशन
पुँजी बजार

पहिले नेप्सेको पुनर्संरचना गरौँ, अर्काे लाइसेन्स दिन हतार नगरौं : वर्षमान पुन

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आज (बिहीबार) को बैठकमा पुनले पहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरेर केही समय हेर्नुपर्ने बताएका हुन् ।

‘अहिले नै नयाँ स्टकको लाइसेन्स दिन हतार गर्नु हुँदैन, नेप्सेको पुनर्संरचना गरेर हेर्नुपर्छ । यदि, चाहिने नै रहेछ भने पछि दिँदा पनि हुन्छ’, उनले भने, ‘निजी क्षेत्रका लगानीकर्ता नेप्सेमा भित्र्याउन सरकार स्पष्ट हुनुपर्छ । पहिले लाइसेन्स दिएर नेप्सेको पुनर्संरचना अलमलमा पार्नु हुँदैन ।’ भोलि ‘कार्टेलिङ’ को समस्या उत्पन्न हुन सक्ने उनले बताए । अध्यक्षको कम्पनीलाई नै आईपीओ निष्कासन गर्न दिइएको भन्ने विषय चर्चामा रहेको पनि उनले उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्