नेभिगेशन
पुँजी बजार

२२ अंकले बढ्यो नेप्से, बैंकिङ समूहमा आकर्षण

काठमाडौं– सोमबार दोहोरो र मंगलबार झिनो अंकले शेयर बजार घटेपछि बुधबार बढेको छ । दुई दिनको करेक्सनपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.०४ अंकले बढेको छ । बजार बन्द हुँदा नेप्से ०.८२ प्रतिशतले बढेर २७०५.९० विन्दुमा पुगेको छ । 

दिनभरमा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर कारोबार भएको छ ।

 बुधबार १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

 दिनभरमा ३१६ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ८८४ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये फाइनान्स ०.३८ प्रतिशतले र म्युचुअल फण्ड ०.०१ प्रतिशतले बाहेक अन्य ११ वटा समूह भने बढेको छ । 

सबैभन्दा बढी बैंकिङ समूह १.६८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम निर्जीवन बीमा र जीवन बीमा ०.२४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्