नेभिगेशन
पुँजी बजार

सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे ६ अर्ब बढी

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से ०.१४ अंकले घटेको छ । लगातार ६ कारोबार दिन पछि सोमबार नेप्सेमा करेक्सन देखिएको थियो । मंगलबार बजार बराबर जस्तै रहेको छ । 

बजारमा सामान्य गिरावट आउँदा  ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ । 

मंगलबार १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३०४ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार २७६ पटक शेयर किनबेच भएको छ । 

१३ समूहमध्ये ७ समूह बढेको छ भने ६ समूह घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह १.२५ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०७ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी अन्य समूह ०.७७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा समूह ०.७१ अंकले (०.०० प्रतिशत)ले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्