नेभिगेशन
पुँजी बजार

घटाइयो वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि

काठमाडौँ । वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि छोट्याइएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (नवौँ संशोधन) निर्देशिका २०८२ लागू गर्दै अवधि घटाएको हो ।

यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि कम्तीमा १५ दिन कायम गरिएकोमा त्यसलाई घटाएर ४ कार्यदिनमा झारिएको हो । यदि ४ कार्य दिनभित्र सम्पूर्ण रूपमा आईपीओ बिक्री नभएमा भने उक्त समयावधि खुल्ला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ ।

यसअघि वैदेशिक रोजगारमा रहेकालाई छुट्याइने आईपीओ दुई दिनमै सबै बिक्री भए पनि १५ दिनसम्म आवेदनको म्याद रहने गरेको थियो । तर अब ४ दिनमा सबै बिक्री भएमा १५ दिनको म्याद नरहने बोर्डले जनाएको छ ।

सर्वसाधारण समूहमा जारी हुने सेयरमा १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहेकालाई कोटा छुट्याइँदै आएको छ । चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै सोमबार देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका हुन् ।

आकस्मिक बाहेकका सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू फर्कन बाध्य भएका छन् ।

चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उनीहरूको भनाइ छ । विभिन्न अस्पतालविरुद्ध परेको मुद्दामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

उक्त आदेशको विरोध गरेको भन्दै संघका महासचिवलाई समेत अवहेलना गरेको मुद्दामा कारण देखाऊ भएको थियो । त्यसपछि संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्