नेभिगेशन
मनोरञ्जन

‘हेराफेरी ३’बाट अलग भए बाबुराव अर्थात् परेश रावल

काठमाडौं– बहुप्रतिक्षामा रहेको कमेडी ‘हेराफेरी ३’बाट यसका मुख्य कलाकार रहेका बाबु राव अर्थात् परेश रावल अलग भएका छन्।

फिल्ममा बाबुराव पात्रको भूमिका निर्वाह गर्ने अभिनेता परेश रावल तेस्रो श्रृंखलामा हिस्सा नहुने भएका छन्। 

आफू अलग भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए। 

उनले भने,‘म यो रेकर्डमा राख्न चाहन्छु कि हेरा फेरी ३ बाट बाहिरिने मेरो निर्णय रचनात्मक भिन्नताका कारणले भएको थिएन। म दोहो¥याउँछु कि फिल्म निर्मातासँग कुनै रचनात्मक भिन्नता छैन। मलाई फिल्म निर्देशक प्रियदर्शनप्रति माया, सम्मान र विश्वास छ।’

अभिनेता रावलको यो निर्णयबाट फ्यान दुखित भएका छन्। उनको पोस्टमा सबैले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन