नेभिगेशन
समाज विविध

मर्न कि भाग्न बाध्य बनाइन्छन् डाक्टरहरू, यस्तो छ तथ्यांक

गृहमन्त्रीका ‘भतिज डा. श्रेष्ठ’ बचाउन नै धौ–धौ हुँदा अन्यको अवस्था कस्तो होला? यस्तो छ डाक्टरहरूको स्थिति

काठमाडौं– नेपालमा अस्पताल सुधार र काम गर्ने वातावरण नपाएका डाक्टरहरू मध्य लामो स्ट्याटस लेखेर आत्महत्या गर्न हिँडेको भनिएका डा. केशव श्रेष्ठलाई प्रहरीले उद्धार गरेको थियो।

उनले सामाजिक सञ्जालमा ‘सुसाइड नोट’लेखेर हिँडेपछि एकाएक भाइरल भयो र खबर प्रशासनसम्म समयमा नै पुगेका कारण श्रेष्ठको उद्धार हुन पायो। उनले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ‘आत्महत्या’ गर्न हिँडेको भनेका थिए।

उद्धार गरिएका रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्टको जिम्मेवारीमा हुँदा राजनीतिक दबाब, घेराबन्दी गरेको उल्लेख गरेका थिए। 

यहाँसम्मकी सत्ताधारी नेपाली कांग्रेससँग नजिक रहेका उनले पनि यति धेरै दुख पाएर आत्महत्याको सोच बनाएर निर्णयमा पुगे भने अरुको अवस्था के होला?

डा. श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेर गुनासो सुनाए। उनले गृहमन्त्री लेखकलाई ‘अङ्कल’ पनि भनेका छन्। यसकारण पनि उनी कांग्रेस सन्निकट रहेको भन्ने पुष्टि गर्ने एउटा आधार हो भने निमित्त मेडिकल सुपरिडेन्टेन्टको जिम्मेवारी पनि कांग्रेसकै बलबुँतामा पाएको भन्ने प्रष्ट छ।

लेखकले रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई उनले आत्महत्या नोट लेख्नुपर्ने अवस्थासम्म पुग्ने स्थितिका लागि कसले दुख दिएको रहेछ भनेर रिपोर्ट तयार पार्न सिधा आदेश समेत दिएका छन्। यो भिडिओ पनि सार्वजनिक भएको छ। 

यहाँ, विषय पहुँच भएका डा. श्रेष्ठको पनि यस्तो हविगत छ भने अन्यको कस्तो होला भन्ने हो। 

सन् २०२० मा नेपालमा डाक्टरको अवस्थाबारेमा युवराज अधिकारीले एउटा अध्ययन रिपोर्ट तयार पारेका थिए। 

उक्त रिपोर्टअनुसार ३०.९ % मा चिन्ता, २५.४ % मा डिप्रेशन, २०.५ % मा शारीरिक समस्या, ५.७ % मा आत्महत्या गर्ने जोखिम रहेको उल्लेख छ। एक हजारको आसपासमा गरेका डाक्टरसँगको कुराकानीमा आधारित सर्वेक्षण रिपोर्टको विवरण थियो। 

रिपोर्ट अनुसार, नेपालका चिकित्सकहरूमा ५ % भन्दा बढीले आत्महत्या विचार गरेको वा आत्मसमर्पणको जोखिममा रहेको गणना गरिएको पनि थियो। 

नेपालका चिकित्सकहरू अत्यधिक तनाव र दबाबका कारण आत्महत्याको निधोसम्म पुग्ने गरेको पनि अध्ययन गरिएको छ। 

आत्महत्या प्रयास गर्ने वा विचार गर्ने चिकित्सकहरूको अनुपात केहि अध्ययन र रिपोर्टले देखाउँछन्, जसले जोखिम झल्काउँछ।

तर कति नेपाली चिकित्सकले वार्षिक आत्महत्या गरेका छन् भन्ने आधिकारिक संख्या अहिलेसम्म उपलब्ध छैन।

यो एउटा पक्ष हो भने अर्को पक्षचाहिँ अवसरको कमीका कारण पनि डाक्टर विदेशिने क्रम बढेको छ। नेपालमा नै डाक्टरको संख्या आवश्यक रहेका बेला एकातिर आत्महत्यालगायतका तनावको समस्या राजनीतिक घेराबन्दीले गरेको छ भने अर्कातिर कामको खोजीमा बाहिरिनुपर्ने नमिठो तथ्यांक पनि भेटिन्छन्।

नेपाल मेडिकल काउन्सिलको सन् २०२३ को गुड गुड स्ट्यान्डिङ सर्टिफिकेट (जीएससी) प्राप्त गर्ने डाक्टरहरू २,३१८ छन्। जो विदेशमा काम र शिक्षाका लागि पलायन हुने सोचअनुसार प्रक्रियामा सामेल भए। 

२०२२ मा यो संख्या १,९५४ थियो। २०२१ मा १,३२७, र २०२० मा ७६९ रहेको पनि उल्लेख छ।

नेपाल मेडिकल एसोसिएसन र अन्य स्रोतहरु अनुसार प्रति वर्ष करिब तीन सयदेखि ३५० जना डाक्टरहरू स्थायी वा लामो समयका लागि विदेश जाने गर्छन्। केही रिपोर्टले यो संख्या ५०० सम्म पनि हुनसक्ने उल्लेख गरेका छन्।

नेपाल मेडिकल काउन्सिलमा हाल ३५ हजार डाक्टरहरू दर्ता भइसकेका छन्, तर जसमध्ये मात्र करिब १५ हजार जना नेपालमै सक्रिय रूपमा अभ्यासरत छन्। ति २० हजार के–के कारणले कहाँ गायब भए? 

अध्ययन वा अल्पकालीन रोजगारीका लागि दुई हजारदेखि २५ सय डाक्टरहरूले पनि जीएससी लिई विदेश जाने गर्दछन्।

अमेरिका, यूके, माल्दिभ्स, अष्ट्रेलिया, भारतलगायतका देशमा डाक्टरहरू विविध कारणले पलायन भैरहेका छन्। नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई राजनीतिक दबाबका आधारमा कि मर्न कि भाग्न बाध्य बनाइएपछि ग्रामिण र दुर्गम क्षेत्रमा समेत डाक्टर नपुग्दा अकालमा ज्यान गुमाउने, सुत्केरी हुनासाथ ज्यान जानेलगायतका यावत् समस्या छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध