नेभिगेशन
मनोरञ्जन

यीभन्दा होचा थिए सलमान, शाहरुख, रेखालाई पनि माथ दिने अभिनेत्री अचानक किन भइन् गायब?

काठमाडौं– यी अभिनेत्रीले १९८५ मा मिस इन्डियाको ताज जितेपछि फिल्ममा डेब्यू गरिन्। कतिपय फिल्ममा सलमान, शाहरुख र आमिर खानभन्दा पनि अग्ली भएका कारण फिल्म छाड्न परेको थियो।

पतिसँग विदेशमा बसिन्। तर, केही समयमा पतिको निधन भयो। बलिउडकी अभिनेत्री सोनू वालिया जसले ‘खून भरी माँग’ नामको फिल्ममा नन्दनीको भूमिका निभाइन्। उनी अभिनेत्री रेखाभन्दा पनि चर्चामा थिइन्।

तर छोटो समयमा नै उनी गायब भइन् र बलिउडले पनि बिर्सियो। सोनू बालियाले ३५ फिल्म गरिन्। उनले आफ्नो निजी समयका आवश्यक रहेका कारण फिल्म खेल्न छाडेको बताएकी थिइन्।

उनले ५० भन्दा बढी फिल्मका प्रस्ताव अस्वीकार समेत गरेको बताएकी थिइन्। उनले आजका दिनमा अवस्था बदलिसकेको बताएकी थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन