नेभिगेशन
राजनीति

एमालेबाहेकका कम्युनिस्ट एकताबारे छलफल, पेरिस डाँडामा कुन–कुन पार्टीका नेता पुगेछन्

काठमाडौं– एमालेबाहेकका कम्युनिस्ट पार्टीबीच एकता वा मोर्चा कसेर अगाडि बढ्ने छलफल पेरिस डाँडामा शनिबार भएको छ।

माओवादीको मुख्यालयमा भएको छलफलमा ५ वटा कम्युनिस्ट पार्टीका नेताको सहभागीता रहेको थियो। यी सबै पार्टी इजरायलले इरानमा गरेको हमलाका बिरोधी थिए। 

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन्। 

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। यसबाहेक रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका विषयमा पनि छलफल भएको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति