नेभिगेशन
खेलकुद

लिभरपुलले डिएगो जोटाको पारिवारलाई आगामी दुई वर्षसम्म तलब दिने

काठमाडौ - इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले आफ्ना स्टार फरवार्ड डिएगो जोटाको परिवारप्रति असाधारण सहानुभूति देखाउँदै एक महत्वपूर्ण निर्णय गरेको छ।

क्लबले जोटाको पारिवारिक परिस्थितिलाई ध्यानमा राख्दै आगामी दुई वर्षसम्म उनको तलब सिधै उनको परिवारलाई दिने निर्णय गरेको छ।

डिओगो जोटाको पारिवारिक पृष्ठभूमिमा पछिल्लो समय केही गम्भीर समस्या उत्पन्न भएपछि क्लबले मानवीयताको आधारमा यो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। परिवारको आर्थिक तथा भावनात्मक स्थिति सुदृढ गर्नका लागि क्लबको यो कदमलाई खेलकुद क्षेत्रमै एउटा उदाहरणीय निर्णयको रूपमा हेरिएको छ।

लिभरपुल क्लबका एक अधिकारीले भने, "हामी हाम्रो खेलाडी मात्र होइन, उनीहरूका परिवारप्रति पनि जिम्मेवार छौं। जोटा लिभरपुलको अभिन्न अंग हुन् र हामी उनको कठिन समयमा साथ दिन प्रतिबद्ध छौं।"

डिओगो जोटाले सन् २०२० मा वुल्भ्सबाट लिभरपुलमा आबद्ध भएका थिए र क्लबका लागि उनले महत्त्वपूर्ण गोलहरू गरेका छन्। उनको योगदान र समर्पणलाई सम्मान गर्दै क्लबले यो सहयोगको निर्णय लिएको हो।

२८ वर्षीय जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे सिल्भाको स्पेनमा भएको कार दुर्घटनामा मृत्यु भएको हो। यस घटनापछि समग्र फुटबल क्षेत्र शोकमा छ ।

पोर्चुगलको सानो सहर गोन्डोमारबाट फुटबल खेल्न थालेका जोटाको करियर सुरुवात पासोस डे फेरेराको यूथ एकेडेमीबाट भएको थियो । सन् २०१६ मा एट्लेटिको मड्रिड पुगेपछि उनले पोर्टोमा लोनमा खेले, त्यसपछि वुल्भ्स हुँदै लिभरपुल आइपुगेका थिए ।

लिभरपुलमा उनले एफए कप, लिग कपसहित सन् २०२४/२५ सिजनको प्रिमियर लिगकै उपाधि पनि जिते। पोर्चुगलका लागि पनि उनले सन् २०१९ र २०२५ को युएफा नेसन्स लिग जिते।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद