नेभिगेशन
मनोरञ्जन

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जनलाई प्रहरीले समात्यो, अन्यको खोजी जारी

काठमाडौं– सामाजिक सञ्जालमा गायिका एलिना चौहानलाई गालीगलौज गर्ने एक जनालाई साइबर ब्यूरोको टोलीले पक्राउ  गरेको छ।

ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो। उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

गालीगलौज गर्नेविरुद्ध चौहानले अभियान चलाएकी थिइन्। उनले गृहमन्त्री रमेश लेखकलाई समेत भेट गरेकी थिइन्। अन्यको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन