नेभिगेशन
जीवनयापन

पाँच श्रेणीमा हुँदा रहेछन् सोसियल मिडिया इन्फ्लुएन्सर, सानोलाई भनिन्छ ‘नानो’

काठमाडौं– संसारमा चलेका ट्रेन्ड नेपालमा नचल्ने भन्ने कुरै भएन। अहिले त कतिपय टिभी शोमा गेस्टका रुपमा पनि पुग्ने गरेका छन्, सोसियल मिडिया इन्फ्लुएन्सर।

केही समयअघि इस्टु कार्की र इभा गिरीलगायतका इन्फ्लुएन्सर टिभीको कमेडी शोदेखि पोडकास्टसम्म गेस्ट भएर आफ्ना अनुभव शेयर गरिरहेका थिए। 

राम्रो फलोअर संख्या भएका उनीहरू किशोर पुस्तामाझ लोकप्रिय बनिरहेका छन्। गिरीले मिस नेपालमा समेत सहभागीता जनाइसकेकी थिइन्। 

उनीहरुको पनि फलोर्स संख्याका आधारमा श्रेणी तोकिएको हुने रहेछ। ५ श्रेणीमा विभाजन गरिएको विभिन्न खोजले पत्ता लगायो।

आखिर के हो त, सोसियल मिडिया इन्फ्लुएन्सर भनेको?

इन्फ्लुएन्सरभन्ने शब्द influence (प्रभाव) बाट आएको हो।
 

यस्ता व्यक्तिहरूले आफ्ना विचार, जीवनशैली, सुझाव वा समीक्षा मार्फत अरूको सोच, व्यवहार वा खरीद निर्णयमा प्रभाव पार्छन्।

सामग्री उत्पादन (Content Creation):

  • आफ्ना अनुयायीहरूका लागि फोटो, भिडिओ, लेख, रील, कथा आदि तयार पार्छन्।
  • उदाहरण: खाना बनाउने भिडियो, ट्राभल भ्लग, फेसन टिप्स, प्रेरणादायी विचार आदि।

ब्रान्ड प्रवर्द्धन (Brand Promotion):

  • व्यवसाय वा कम्पनीले आफ्नो उत्पादन प्रचार गर्न यिनीहरूसँग प्रायोजित सामग्री (sponsored post) बनाउँछन्।
  • उदाहरण: कसैले फेसक्रिमको प्रचार गर्छ भने त्यो कम्पनीले इन्फ्लुएन्सरलाई पैसा वा वस्तु दिन सक्छ।

 प्रभाव सिर्जना:

  • इन्फ्लुएन्सरहरूले आफ्ना फलोअर्ससँग भावनात्मक विश्वासको सम्बन्ध बनाएका हुन्छन्।
  • उनीहरूको सिफारिसले वस्तु वा विचार लोकप्रिय हुन सक्छ।

 सामाजिक सन्देश फैलाउने:

  • कतिपय इन्फ्लुएन्सरहरूले समाजमा सकारात्मक सन्देश (जस्तैः मानसिक स्वास्थ्य, महिला सशक्तिकरण, वातावरणीय सचेतना) पनि फैलाउँछन्।

यसैबीच, उनीहरुको ५ श्रेणी यसरी तोकिएको रहेछ।

एक हजारदेखि १० हजारसम्म फलोअर भएकालाई सबैभन्दा सानो अर्थात् नानो इन्फ्लुएन्सर भनिँदो रहेछ। यसपछि माइक्रो इन्फ्लुएन्सरको १० हजारदेखि १ लाख, मिड–लेभलको    १ लाखदेखि ५ लाख फलोअर्स हुने रहेछन्।

त्यस्तै, म्याक्रो इन्फ्लुएन्सर    ५ लाखदेखि १० लाख र मेगाको १० लाख माथि हुँदो रहेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्