नेभिगेशन
मनोरञ्जन

बयस्क फिल्मकी अभिनेत्रीको शंकास्पद मृत्यु, के हुन सक्छ कारण?

काठमाडौं– बयस्क फिल्मकी २८ बर्षिया अभिनेत्रीको शंकास्पद मृत्यु भएको छ।

अभिनेत्री काइली पेज जुन २५ मा लस एन्जलसको आफ्नो निवासमा मृत फेला परेकी थिइन्।

रिपोर्टका अनुसार करिब १ साताको अनुसन्धानपछि प्रहरीले उनको मृत्युको आधिकारिक जानकारी दिँदै उनको मृत्युको कारण खुलासा गरेको छ।

काइलीको मृत्युको कारण लागूऔषधको ओभरडोज भएको कानुन प्रवर्तन अधिकारीहरूले बताएका छन्। 

काइलीलाई पोर्नोग्राफी उद्योगको अन्वेषण गर्ने नेटफ्लिक्स श्रृंखलामा पनि देखाइएको थियो। 

ओक्लाहोमाको तुलसामा जन्मिएकी काइलीले २०१६ मा वयस्क मनोरञ्जन उद्योगमा आफ्नो करियर सुरु गरेकी थिइन्। उनी २०० भन्दा बढी चलचित्रहरूमा देखा परिसकेकी छिन्।

२०१७ मा वयस्क मनोरञ्जन उद्योगमा काम गर्ने युवा पुरुष र महिलाहरूको जीवनमा केन्द्रित नेटफ्लिक्स श्रृंखला हट गल्र्स वान्टेडः टन्र्ड अनमा देखा परेपछि उनले व्यापक रूपमा ध्यान आकर्षित गरिन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन