नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीको ‘फरर’ अंग्रेजीमा धेरै झुक्किए, क्याप्टेन बिजय लामा पनि हिस्स परे

काठमाडौं– स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा अंग्रेजी भाषणको भिडिओमा धेरै जना झुक्किएको तथ्य पत्ता लागेको छ।

ओलीको उक्त भाषणमा फरर अंग्रेजी बोलिएको छ। त्यसकारण उनको प्रशंशा भएको थियो। तर, यसको सत्य भने फरक रहेको पाइएको हो।

 उक्त भिडियोमा प्रधानमन्त्री ओली फरर अङ्ग्रेजी बोलिरहेको देखिन्छ, जसलाई धेरैले प्रशंसा गरेका छन्। क्याप्टेन विजय लामा लगायत थुप्रै व्यक्तिहरूले उक्त भिडियो सेयर गर्दै ओलीको अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती भएको बताएका छन्।

तर उक्त भिडियो नौ महिना पुरानो भएको र प्लेब्याक स्पिड (playback speed) बढाएर बनाएको पाइएको छ । यस कारणले प्रधानमन्त्री ओलीले वास्तविक रूपमा बोलेकोभन्दा धेरै छरितो र फरर अङ्ग्रेजी बोलेको जस्तो देखिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति