नेभिगेशन
मनोरञ्जन

काठमाडौंमा आइतबार के छ नोरा फतेहीको कार्यक्रम ?

काठमाडौं- शनिबार काठमाडौंको बौद्धस्थित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम भयो । जहाँ चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोराले आफ्नो गीत ‘स्नेक’ मा प्रस्तुति दिइन् ।

नोरासँगै नेपाली कलाकार पनि प्रस्तुति दिए । अहिलेका स्टेजका लोकप्रिय कलाकार दुर्गेश कलाकारको पनि प्रस्तुति दिने कार्यक्रम थियो ।

दुर्गेशसँगै नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिएका छन् ।

कार्यक्रमका लागि नोरा शनिबार बिहान काठमाडौं आइपुगेकी थिइन् । उनलाई त्रिभुन अन्तर्राष्ट्रिय विमास्थलको भीआईपी कक्षमा स्वागत गरिएको थियो । फतेहीको २३ सदस्यीय सांगीतिक र व्यवस्थापन टोली भने शुक्रबार नै काठमाडौं आएको थियो ।

नोरा फतेही पहिलोपटक नेपाल आएकी हुन् । सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ कार्यक्रम आयोजना भएको हो ।

‘ह्युमन रेस्पेक्ट नेपाल’ शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो ।

शनिबारको सांगीतिक कार्यक्रमपछि नोराले आइतबार बिहान उनले काठमाडौंका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन् । आइतबार अपराह्न नै उनी दुबई फिर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन