नेभिगेशन
मनोरञ्जन

पूर्णबहादुरको सारङ्गीका पूरक र सार्थक पात्र, जो छायाँमा परेका छन्

काठमाडौं– बक्स अफिसमा अनेक रेकर्ड ब्रेक गरेको, चर्चाको शिखरमा पुगेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले अभिनेता बिजय बराल र प्रकाश सपूतलाई चर्चाको चुलीमा राख्यो। 

महिला पात्र रहेका कारण अभिनेत्री अञ्जना बराइलीको पनि मिडियासामु निक्कै चर्चा भयो। 

तर बरालको अभिनयलाई पूरक बनाउे सोही फिल्मका एक सार्थक पात्रकोचाहिँ खासै चर्चा गरिएको पाइएन।

केही हलहरूमा बाल कलाकार रहेका स्वयम् केसीका विद्यालयका साथीहरू पुगेको चर्चा भयो। तर, खासमा चर्चा हुनुपर्ने उनको अभिनय कलाको हो।

नाटकमा खारिएर उभिएका मुख्य कलाकार बराल, बराईली या सपूतको तुलनामा स्वयम् केसी निक्कै उच्चकोटीको पात्रलाई जीवन भरिदिने अभिनय गर्न सफल छन्।

स्वयम् केसीको अभिनय निक्कै खारिएको कलाकारको दाँजोमा अझ उँचो पाइन्छ। एक बाल कलाकार भइकन पनि बरालको भूमिकालाई प्रभावी र सार्थक बनाउन केसीको ‘इनोसेन्ट’ अभिनय पूरक हो। 

केसीको अभिनयले नै पूर्णबहादुरको सारङ्गी ‘पूर्ण’ भएको ठहर्छ। ‘बा, तपाईलाई किन सबैले हेप्छन्?’ उनको यो प्रश्नले नै बरालको लुकीछिपी रोदनको अर्थ थियो। 

स्कुल ड्रेसको जडौरी कपडा लगाएर बाउको सारङ्गीको तालमा ताल मिलाएर अनि अभिनयमाथि अभिनयलाई केसीले न्याय नगरेको भए फिल्मका मुख्य पात्र बराल र अञ्जना बराइलीका अभिनयमा फरक ताल हुने थियो।

एक कलाकार भन्छन्,‘स्कुललगायतका कारण प्रचारप्रसारमा ज्यादा हिँड्न नपाएका कारण उनको चर्चा नभएको हुन सक्छ। तर प्रडक्शन टीमले त्यसबारेमा सोच्नुपर्ने थियो।’

swayam-1732862969.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन