Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिनामङ्गलको जन्मभूमी गेस्ट हाउसमा पासो लागेर झुन्डिएका दम्पत्ती क्यानडाबाट फर्किएका थिए

आइतबार, मंसिर ९, २०८१

काठमाडौं– काठमाडौंको सिनामङ्गलस्थित एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा दम्पत्तीको शव भेटिएको छ। 

samridhi jewllers

सुनसरी दुहवीका ३४ बर्षिय रमेश माझी र उनकी पत्नी २९ बर्षिया शर्मिला माझीको शव झुन्डिएको अवस्थामा फेला परेको हो।

उनीहरू शनिबार मात्रै क्यानडाबाट फर्केको बताइएको छ। दुई बर्षपछि फर्किएका उनीहरूको आत्महत्याको कारण पारिवारिक हुन सक्ने अनुमान गरिएको छ। सन् २०२२ मा क्यानडा गएका उनीहरू काठमाडौं फर्केका थिए।

काठमाडौं महानगरपालिका वडा नं.९ सिनामंगल प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको पाँच तले घरमा खोटाङ दिक्तेल रुपाकोट नगरपालिका वडा नं. ४ का रामजी कटुवालले संञ्चालन गरेको गेस्ट हाउस जन्मभूमीमा शनिबार कोठा लिएका थिए।

गेस्ट हाउसको चौथो तलाको कोठा नम्बर १२० भाडामा लिई होटलको दर्ता किताबमा दर्ता गरेको खुलेको छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पासोमा फसेको चितुवाको उद्धार 
सोमबार, मंसिर १८, २०८०