नेभिगेशन
सुरक्षा–अपराध

रविलाई भोलि मात्रै पोखरा पठाइने

काठमाडौँ- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्व गृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको थियो ।

बयान सकिए पनि त्यसलाई क्रमबद्ध रूपमा लेखेर शुद्धाशुद्धि हेरेर भाषा मिलाउन र प्रमाणीकरण गराउँदा राति अबेर भएको थियो । उनलाई अब शुक्रबार बिहान मात्र पोखरा पठाइने जनाइएको छ।

लामिछानेसँग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध