नेभिगेशन
सुरक्षा–अपराध

चोरीको उजुरी दिएकी महिलालाई सहायक हवल्दारले बलात्कार प्रयास गरे, अनि के भयो?

काठमाडौं– चोरीको उजुरी दिन प्रहरी वृत्त लैनचोरमा उजुरी दिन पुगेकी एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा त्यहाँका सहायक हवल्दार अनिलकुमार दाहाल निलम्बनमा परेका छन्। 

उनलाई पक्राउ गरी छानबिन सुरु गरिएको छ।

स्वयम्भूमा बस्दै आएकी जाहेरवालाले कोठामा चोरी भएको भन्दै भदौ २० गते प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिन गएकी महिलालाई झुक्याएर दाहालले बोलाएर होटलमा लगेको आरोप छ। 

चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर छोडेर उनी कोठा फर्किएपछि सहायक हवल्दार दाहालले यस्तो प्रपञ्च गरेको आरोप लागेको हो।

जाहेरीअनुसार भदौ २९ गते राति ९ बजे दाहालले ‘चोर पक्राउ परेको छ तुरुन्त आउनु’ भन्दै ती महिलालाई फोन गरेका थिए। 
महिलाको ८ बर्षको बच्चा रहेको भनी आउन नमान्दा पनि जबरजस्ती बोलाइएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध