Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाईँ १ लाख धरौटीमा रिहा

मंगलबार, असोज १५, २०८१

काठमाडौँ- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् । मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुई वटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए ।

प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुई वटा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्