नेभिगेशन
सुरक्षा–अपराध

सेनाका अमलदारले गरे श्रीमतीको हत्या

दाङ– तुलसीपुरमा नेपाली सेनाका एक अमलदारले श्रीमतीको हत्या  गरेका छन्। 

तुलसीपुर उपमहानगरपालिका–६ राप्ती टोलमा गोकर्ण चन्दको घरमा डेरा गरी बस्ने शालिकराम बुढाथोकीले श्रीमती टिकाको हत्या गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ। 

शालिकरामलाई पक्राउ गरी अनुसन्धान थालिएको छ। टिकालाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पाइएको छ।  

सल्यानको कपुरकोट घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध