Nic Ad Nic Ad
Nic Ad Nic Ad

जीबी राई युएई पुगेको आशंका

बुधबार, जेठ २, २०८१

काठमाडौं– मलेसियामा रहेको भनिएका सहकारी ठगीका मुख्य नाईके गितेन्द्रबाबु (जीबी) राई संयुक्त अरब इमिरेट्स (युएई) पुगेको आशंका गरिएको छ।

samridhi jewllers

उनी मलेसियाबाट सिंगापुर हुँदै युएई पुगेको आशंका गरिएको हो। युएईमा रहेका केही नेपालीले उनलाई त्यहाँ भेटेको जानकारी दिएका छन्। 

नेपाल प्रहरी रेड नोटिस जारी गरेका राईको राहदानी खारेजीका लागि पत्राचार भएको खबर सतहमा आएको थियो। त्यसअघि मलेसियाका गृहमन्त्रीसँग राईलाई पक्राउका लागि नेपाल सरकारले कुराकानी गरेको पनि बताइएको थियो। 

स्रोतका अनुसार मलेसिया प्रहरीले पक्राउ गरी नेपाल डिपोर्ट गर्नुअघि नै उनी सिंगापुर हुँदै युएई पुगेका हुन्। मलेसियाबाट सिंगापुर जानका लागि राहदानी र भिषा आवश्यक पर्दैन। 

नेपाल सरकारले पनि मलेसियासँग मात्र कुराकानी गरेका कारण सिंगापुर या युएई सरकारले राईलाई पक्राउ गर्न सक्ने स्थिति छैन। उच्च स्रोतले भन्यो,‘गृहमन्त्री रवि लामिछाने युएई पुगे भने अचम्म नमाने हुन्छ।’
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्