नेभिगेशन
सुरक्षा–अपराध

जनकपुरधाममा ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर– जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ  । 

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । 

प्रमुख तिवारीका अनुसार उनीहरूको साथबाट रु १४ लाख ५३ हजार नगद बरामद गरिएको छ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका केही हतियारधारीले लुटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध